लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

एमाले–माओवादी पार्टी एकीकरण ‘घोषणा बिहीबार’, यस्तो हुनेछ नयाँ पार्टी (भिडियो)

बुधबार, २ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २ । नेकपा एमाले र माओवादी केन्द्रबीच बिहीबार (भोलि) पार्टी एकीकरणको घोषणा हुने सम्भावना बढेको छ ।

८ महिनाभन्दा लामो समयदेखि चलेको एकता प्रक्रिया बिहीबार टुंगोमा पुग्ने दावी नेताहरुले गरेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले दुई पार्टी एकीकरणको घोषणा बिहीबार गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बस्ने दुई पार्टीबीचको एकता संयोजन समितिको बैठकले एकीकरणको अन्तिम निर्णय गर्ने र त्यसपछि दुवै पार्टीका केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरेपछि घोषणा गरिने बताइएको छ ।

बिहीबार नै ‘नेपाल कम्युनिष्ट पार्टी’ नामको नयाँ पार्टी निर्वाचन आयोगमासमेत दर्ता गर्ने दावी पनि गरिएको छ ।

नयाँ पार्टीको चुनाव चिह्न सूर्य हुनेछ भने केन्द्रीय समिति ४४१ सदस्यीय हुने पनि जनाइएको छ । जसमा एमालेबाट २४१ र माओवादीबाट २०० जनालाई समेटिनेछ ।

यस्तै, नयाँ पार्टीको स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ गरी ४३ सदस्यीय रहने जानकारी पनि नेताहरुले दिएका छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework