लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

जनयुद्धका बेला झारखण्डको जंगलमा तालिमका लागि पुगेका थिए प्रचण्ड, भारतीय नक्सलवादी नेताको दाबी

मंगलबार, २ जेष्ठ, २०७४ मा प्रकाशित, 74273 पटक हेरिएको

राँची, जेठ २ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला भारतीय संचारमाध्यममा छाएका छन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गराएको वा संविधान कार्यान्वयनसम्बन्धी एजेण्डा लगायतका विषयमा नभई एउटा फरक विषयमा उनी भारतीय संचारमाध्यममा छाएका हुन् ।

सशस्त्र जनयुद्धको समयमा तत्कालिन नेकपा माओवादीको अध्यक्ष रहेका ‘प्रचण्ड’ले भारतको झारखण्डमा भारतीय नक्सलवादीलाई हतियार चलाउन सिकाएको एक भारतीय नक्सलवादी नेताले दाबी गरेका छन् । सोही विषयका बारेमा भारतीय संचारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन गरेका छन् ।

राँचीमा नक्सलवादीका कमाण्डर कुन्दन पाहनले ‘प्रचण्ड’सँग आफूले तालिम लिएको दाबी गरेका हुन् । भारतीय संचारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार कुन्दन पाहनले सन् २००० मा आफूले नेपालका माओवादी नेता ‘प्रचण्ड’सँग तालिम लिएको प्रहरीसमक्ष जनाएका छन् ।

पाहनले हालै प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

झारखण्डको बोकारोसँगै जोडिएको जंगलमा प्रचण्डसँगै पश्चिम बंगालका केही नेताको टिमले आफूसहितका कयौंलाई तालिम लिएको उनले खुलासा गरेका हुन् । आफूहरुले उक्त समयमा गुरिल्ला युद्धसम्बन्धी कला र रणनीति सिकेको पनि उनले बताए ।

केही संचारमाध्यमले भने प्रचण्डले पनि त्यतिबेला भारतीय नक्सलवादी नेताहरुसँग महत्वपूर्ण कला सिकेको जनाएका छन् ।

पाहनले आफू पनि प्रचण्डजस्तै मूल धारको राजनीतिमा आउन चाहेको बताएका छन् । प्रचण्ड नेपालको प्रधानमन्त्री बनिसकेको जिकिर गर्दै उनले आफू पनि मुल धारको राजनीतिमा आउन चाहेको बताएका हुन् ।

उनीमाथि हाल झारखण्डको विभिन्न जिल्लामा १ सय २८ वटा मुद्दा विचाराधिन छन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework