लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

प्रदेश–५ को सभामुखमा घर्ती निर्विरोध

बुधबार, २ फागुन, २०७४ मा प्रकाशित,

केशव भण्डारी (इमेज): बुटवल, फागुन २ । प्रदेश नम्बर–५ को सभामुख पदमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

केशव भण्डारी (इमेज)
बुटवल, फागुन २ । प्रदेश नम्बर–५ को सभामुख पदमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार बसेको प्रदेशसभा बैठकमा सांसद दधिराम न्यौपानेले घर्तीलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने सांसद भूमेश्वर ढकालले समर्थन गरेका थिए ।

सभामुख पदमा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन भएका हुन् ।

सभामुखमा निर्वाचित भएपछि घर्तीले सबै पार्टी र सांसदहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

उपसभामुखको निर्वाचन फागुन ६ गते आइतबार हुनेछ । नेकपा एमाले र माओवादी केन्द्रको सहमतिअनुसार यस प्रदेशमा सभामुख माओवादी केन्द्रले पाएको हो । उपसभामुख भने एमालेले पाउनेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework