लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश–७ का एमाले सचेतक लामा दुर्घटनामा घाइते

सोमबार, ३ बैशाख, २०७५ मा प्रकाशित,

बिराज रोस्यारा (इमेज): कैलाली, वैशाख ३ । प्रदेश नम्बर–७ का प्रदेशसभा सदस्य तथा नेकपा एमालेका प्रदेश–७ सचेतक तारा लामा तामाङ सोमबार दुर्घटनामा परी घाइते छन् ।

मोटरसाइकलको ठक्करबाट सांसद लामाको देब्रे खुट्टा भाँचिएको छ । धनगढीको मुख्य सडकमा हिँडिरहेको समयमा से४प ५०९१ नम्बरको मोटरसाइकलले लामालाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक अछाम, साँफेबगर नगरपालिका–३ का २५ वर्षीय शैलेश्वर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको कैलालीका प्रहरी नयव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए ।

प्रहरीकाअनुसार सांसद लामालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework