लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

पञ्जाबका मुख्यमन्त्रीले नेपाललाई विद्युत बेच्न प्रधानमन्त्री मोदीसँग मागे अनुमति

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 37014 पटक हेरिएको

नयाँ दिल्ली, वैशाख ८ । भारतको पञ्जाब राज्यका मुख्यमन्त्री अमरेन्द्र सिंहले नेपाललाई विद्युत बिक्री गर्नका लागि केन्द्र सरकारसँग अनुमति मागेका छन् ।

नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै मुख्यमन्त्री सिंहले पञ्जाबमा मागभन्दा बढी विद्युत उत्पादन भएको भन्दै उत्पादित विद्युत नेपाललाई बेच्नका लागि अनुमति मागेका हुन् ।

उनले पञ्जाबमा जारी आर्थिक संकट अन्त्यका लागि विद्युत बिक्री एउटा उपाय भएको पनि बताए । नेपालका अतिरिक्त पाकिस्तानलाई पनि विद्युत बिक्री गर्न सकिनेतर्फ उनले प्रधानमन्त्री मोदीको ध्यानकर्षण गराएका छन् ।

राज्य सरकारले केन्द्रीय उर्जा मन्त्रालयलाई विद्युत बिक्रीसम्बन्धी प्रस्ताव पेश गरिसकेको भन्दै उनले मोदीसमक्ष उर्जा मन्त्रालयमा विचाराधीन प्रस्ताव स्वीकृतिका लागि निर्देशन दिन माग गरेका छन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework