
काठमाडौं, कात्तिक ७ । नेपाल र भियतनाम बीचको आर्थिक सम्बन्ध अभिवृद्धि हेतु भियतनाम सरकारले डा. राजेशकाजी श्रेष्ठलाई नेपालका लागि भियतनामको अवैतनिक वाणिज्य दूतमा नियुक्त गरेको छ ।
आइतबार नेपालका लागि भियतनामका राजदूत तोन सिन्ह थान्होले काठमाडौंमा भियतनामको कन्सुलेट कार्यालयको उद्घाटन गरे । वाणिज्य दूत नियुक्तिले नेपाल र भियतनाम बीच व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा सहकार्य बढ्ने विश्वास राजदूत थान्होले व्यक्त गरे ।
यस सम्बन्धले दुई देशबीच पुलको काम गर्ने उनले जिकिर गरे । यसै अवसरमा राजदूत थान्होले लाजिम्पाटस्थित वाणिज्यदूत निवासमा झण्डोत्तोलन पनि गरेका थिए ।
डा. श्रेष्ठले आगामी दिनमा दुई देशबीचको आर्थिक सम्बन्ध अझै सुमधुर हुने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्