लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

हेल्प नेपालद्वारा भूकम्पबाट क्षतिग्रस्त दुई विद्यालय निर्माणका लागि ४०/४० लाख प्रदान

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित, 4005 पटक हेरिएको

काठमाडौं, पुस २७ । हेल्प नेपाल नेटवर्कले गतवर्ष गएको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको ठोकर्पा उच्च माध्यमिक विद्यालय र दोलखाको राजकुलेश्वर आधारभूत विद्यालय निर्माणका लागि रकम हस्तान्तरण गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विद्यालय निर्माणार्थ प्रदान गरिएको रकम हस्तान्तरण गरे ।

दुबै विद्यालय निर्माणका लागि हेल्प नेपालले पहिलो किस्ताबापत ४०/४० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

कार्यक्रममा मह जोडीले हेल्प नेपाल नेटवर्कको यस महान् कार्यमा सहभागी हुन पाउँदा आफूहरु गौरवान्वित भएको बताए ।

कार्यक्रममा हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष सन्चारकर्मी रविन्द्र मिश्रले हेल्प नेपालको स्थापनाका उद्देश्यबारे चर्चा गर्दै अब देश बनाउने जिम्मा युवाहरुको काँधमा आएको उल्लेख गरे ।

हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले भूकम्पबाट पूर्णतः क्षतिग्रस्त दुबै विद्यालयहरु नेपाली वास्तुकलामा आधारित रहि निर्माण गरिने बताए ।

हेल्प नेपाल नेटवर्कले सिन्धुपाल्चोकको विद्यालयका लागि सर्भाइभर्स नेपाल र दोलखाको विद्यालयका लागि राजहिटी समाजलाई रकम हस्तान्तरण गरेको थियो ।

यी दुबै संस्थाका प्रतिनिधि उत्तम पुडासैनी र विक्रम मल्लले हेल्प नेपाल एक प्रेरणादायी संस्था भएको बताउँदै विद्यालय निर्माणका लागि प्रतिबद्धता व्यक्त गरे ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework