लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

पाटी पुनःनिर्माण गरी समुदायमा हस्तान्तरण

बिहीबार, १० चैत, २०७३ मा प्रकाशित, 1830 पटक हेरिएको

ललितपुर, चैत १० । बारबरा एन्ड विलफ्रेडमोर फाउन्डेसनले ललितपुर लुछेननिको प्राचीन फल्चाअर्थात् पाटी पुनःनिर्माण गरी बिहीबार समुदायलाई हस्तान्तरण गरेको छ ।

जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयको साउथ एसिया इन्स्टिच्यूटको एसएआई हेल्प नेपाल कार्यक्रमअन्तर्गत् उक्त पाटी पुनःनिर्माण गरिएको हो ।

एसएआई हेल्प नेपालका प्रतिनिधि डा. क्रिष्टियाना ब्रोसिउसले चाबहाल मंकाःखलःका अध्यक्ष श्यामगोपाल महर्जनलाई पाटी हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै डा. ब्रोसिउसले पाटीको संरक्षणमार्फत् भजन–संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

हाइडेलबर्ग विश्वविद्यालयका डा. एक्सलमिखाइल्सले बालक–वृद्ध, महिला–पुरुषलगायत स्वदेशी र विदेशीहरूलाईसमेत आश्रय दिने पाटीको खुला स्वरूप नेपालको विशेषता भएकोले यसलाई संरक्षण गर्नुपर्ने बताउँदै यस्ता संरचनालाई खुला नै राख्नुपर्ने विचार राखे ।

चाबहाल मंकाःखलःका अध्यक्ष महर्जनले पाटीको संरक्षण र सम्वद्र्धनको जिम्मा समुदायले लिने वचन दिए ।

आर्किटेक्ट पद्मसुन्दर महर्जनले पाटीको पुनःनिर्माण प्रक्रियाकाबारेमा जानकारी दिएका थिए ।

अनुसन्धानकर्ता राजेन्द्र शाक्यले २०७२ साल वैशाख १२ को भूकम्पमा परी जीर्ण बनेको उक्त पाटी ३४९ वर्षअघि नेपाल सवंत् ७८८ मा निर्माण गरिएको र पछि नेसं ८३२ मायसको आकार बढाइएको जानकारी दिए

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework