लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

किन तपाई आफ्नो डेक्सटप ‘रिफ्रेस’ गर्नुहुन्छ ? तपाईको सोच गलत हुन सक्छ

बुधबार, २८ आषाढ, २०७४ मा प्रकाशित,

काठमाडौं, असार २८ । तपाई आफ्नो कम्प्युटर वा ल्यापटप खोलेपछि बारम्बार ‘रिफ्रेस’ गर्नुहुन्छ ?

कम्युटर वा ल्यापटप प्रयोगकर्तामध्ये अधिकांशले बारम्बार ‘रिफ्रेस’ गर्दछन् । माउस ‘राइट क्लिक’ गरेपछि आउने ‘डायलग बक्स’ मा ‘रिफ्रेस’ अप्सन हुन्छ । प्रयोगकर्ताहरु त्यही अप्सनमा गएर बारम्बार रिफ्रेस गर्दछन् ।

अधिकांश प्रयोगकर्ता झैं तपाई पनि कम्प्युटर चलाउँदा बारम्बार त्यसरी रिफ्रेस गर्नु हुन्छ ? गर्नुहुन्छ भने के सोचेर त्यसरी रिफ्रेस गर्दै हुनुहुन्छ ?

सामान्यतया कम्प्युटर प्रयोगकर्ताले कम्प्युटरको मेमेरी छरितो तुल्याउन, प्रोगाम लोडमा हुने गरेको विलम्ब कम गर्न वा कम्प्युटरको ‘अपरेटिङ सिस्टम’ छरितो हुने ठानेर बारम्बार रिफ्रेस गर्दछन् । तपाई पनि त्यही वर्गमा त पर्नु हुन्न ? यदि पर्नुहुन्छ भने आफ्नो सोच परिवर्तन गरिहाल्नुस् । माथि उल्लेख गरिएका कुनै पनि काममा ‘रिफ्रेस बटम’ ले काम गर्दैन ।

रिफ्रेस गर्दा डेक्सटपमा रहेका आइकनहरुमा हलचल हुनुबाहेक अरु कुनै फाइदा हासिल हुँदैन ।

त्यसो भए तपाईको मनमा प्रश्न उठ्न सक्छ, त्यो रिफ्रेस अप्सन किन राखियो त ?

प्रश्न स्वाभाविक पनि हो । यो टुललाई माइक्रोसफ्टले डेक्सटपको आइकन ‘रि–डिस्प्ले’ गर्नका लागि बनाएको हो । डेक्सटप आइकन डिस्प्ले विधि तपाईले छनौट गरिसकेपछि कुनै नयाँ आइकन राख्नुभयो भने त्यसलाई तपाईले चाहेअनुसारको विधिको क्रमानुसार मिलाउनका लागि ‘रिफ्रेस’ टुलको प्रयोग गरिन्छ । त्यसबाहेक कम्प्युटरको मेमोरी बढाउन वा कम्प्युटरको प्रोग्रामलाई छरितो बनाउन ‘रिफ्रेस’ टुलले कुनै भूमिका निर्वाह गर्दैन ।

विन्डो क्लवका अनुसार यसरी रिफ्रेस गर्नेहरु ‘कम्पल्सिभ डिसअर्डर’ बाट पीडित हुन्छन् । यस्तो गर्नेमा कम्प्युटर इन्जिनियरहरु समेत रहेका छन् । कम्प्युटरलाई बारम्बार रिफ्रेस गर्नु ‘अज्ञानता’ रहेको विन्डो क्लवको भनाइ छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework