लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

जहाँ नयाँ राष्ट्रपतिले मन्दिरमा शपथ लिन्छन्, यस्तो छ श्रीलंङ्काको रोचक कथा

आइतबार, १९ मंसिर, २०७३ मा प्रकाशित,

काठमाडौं । श्रीलंङ्का दक्षिण एशियाको हिन्द महासागरमा अवस्थित भारतको ८० किलोमिटर पूर्वमा रहेको एक टापु राष्ट्र हो । यसको उत्तरमा भारत पाल्क स्ट्रेट, पूर्वमा बंगालको खाडी, दक्षिणमा हिन्द महासागर र पश्चिममा अरेबियन सागर पर्दछ ।

काठमाडौं । श्रीलंङ्का दक्षिण एशियाको हिन्द महासागरमा अवस्थित भारतको ८० किलोमिटर पूर्वमा रहेको एक टापु राष्ट्र हो । यसको उत्तरमा भारत पाल्क स्ट्रेट, पूर्वमा बंगालको खाडी, दक्षिणमा हिन्द महासागर र पश्चिममा अरेबियन सागर पर्दछ ।

श्रीलंङ्काको कुल क्षेत्रफल ६५ हजार ६ सय १० बर्ग किलोमिटर छ । आकारको दृष्टिले श्रीलंङ्कालाई नासपातीको टापु उपनामले चिनिन्छ भने यसलाई पूर्वको मोती पनि भनिन्छ ।

भारत र श्रीलंङ्कालाई पाल्क स्ट्रेटले छुट्याएको छ । सामान्य प्रशासनिक दृष्टिकोणले श्रीलंङ्कालाई २५ जिल्लामा बिभाजन गरिएको छ ।

श्रीलंङ्कामा १२ वटा नगरपालिका र २४ वटा जिल्ला परिषद छन् । श्रीलंङ्काको राजधानी कोलम्बो हो जुन दक्षिण पश्चिममा अवस्थित छ ।

श्रीलंङ्काको शासन पद्धतिलाई श्री जयवर्देनपुरा कोट्टे भनिन्छ भने यसको ब्यवस्थापिकालाई नेशनल स्टेट एसेम्ली भनिन्छ । करिब दुई सय बर्षको ब्रिटिश शासनपछि सन् १९४७ फेबु्रअरी ४ मा श्रीलंङ्काले स्वतन्त्रता प्राप्त गरेको हो ।

सन् १९७२ भन्दा अघि श्रीलंङ्कामा राष्ट्राध्यक्षको रुपमा संसदको सिफारिसमा बेलायती महारानीले गभर्नर जनरलको नियुक्ति गर्ने ब्यबस्था थियो ।

सन् १९७२ मे १ तारिख श्रीलंङ्कालाइं गणराज्य घोषित गरी गभर्नर जनरलको सट्टा राष्ट्रपति पदको ब्यबस्था गरिएको हो ।

सन् १९७८ मा श्रीलंङ्कामा संबिधान संशोधन गरी संसदीय प्रणालीको ठाउँमा राष्ट्रपतिलाई कार्यकारिणी अधिकार दिई राष्ट्रपतिय प्रणाली अपनाइएको हो । श्रीलंङ्कको प्रथम राष्ट्रपति सन् १९७२ मे मा गोपल्लवा हुन् ।

श्रीलंङ्काको प्रमुख राष्ट्रप्रमुख गभर्नर जनरल हेनरीमुर थिए भने प्रथम प्रधामन्त्री डोनाल्ड सेनानायके थिए । सन् १९६० जुलाईमा श्रीलंङ्काको प्रथम महिला निर्वाचित प्रधानमन्त्री श्रीमती सिरिमाओ बन्दरानायके बिश्वकै प्रथम महिला प्रधानमन्त्री हुन् ।

बिश्वको प्रथम महिला प्रधानमन्त्री श्रीमाओ बन्दरनायकेको मृत्यु, श्रीलंङ्काको ८४ बर्षको उमेरमा अक्टोबर २००० मा भयो । श्रींलंङ्काको प्रमुख राजनीतिक पार्टीहरु युनाइटेड नेशनल पार्टी श्रीलंङ्का फ्रिडम पार्टी हुन् ।

भेल्लु पिलाई प्रभाकरणले नेतृत्व गरेको तामिलहरुको छापामार संगठन लिट्टेले उत्तरी जाफ्ना प्रायद्धीपमा स्वतन्त्र राष्ट्रको माग गर्दै हिंसात्मक संघर्ष गर्दै आएका छन् ।

लिट्टेले राजनीतिक दलको मान्यता २० डिसेम्बर सन् १९८९ मा पाएको थियो । सन् १९५६ मा सिन्हाली भाषालाई आधिकारिक भाषा घोषणा गरेपछि तामिल समस्याको सुरुवात भएको हो ।

१५ बर्षको पुरानो श्रींलंङ्काली संबिधान संशोधन प्रस्ताव ३ अगस्ट सन् १९९३ मा संसदबाट पारित भएको थियो ।

श्रीलंङ्कामा चार तहका अदालतहरु छन् । श्रींलंङ्काको नयाँ राष्ट्रपतिले केन्डी शहरमा रहेको बुद्ध भगवानको अस्तु धातुमा राखिएको मन्दिरमा गई शपथग्रहण गर्ने प्रचलन छ ।

सिंहाली जातिको प्रधानता भएको श्रीलंङ्कामा ६९ प्रतिशत जनताले बुद्ध धर्म मान्दछन् । बुद्ध धर्म श्रीलंङ्काको राष्ट्रिय धर्म हो । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework