लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्राचीन बन्दुक लिलामीबाट २५ लाख डलर उठ्यो

बिहीबार, २५ कार्तिक, २०७३ मा प्रकाशित, 6969 पटक हेरिएको

लन्डन, कात्तिक २५ । ऐतिहासिक चिनियाँ बादशाहको एउटा प्राचीन बन्दुक लिलाम गर्दा २५ लाख अमेरिकी डलर उठेको छ ।

लन्डन, कात्तिक २५ । ऐतिहासिक चिनियाँ बादशाहको एउटा प्राचीन बन्दुक लिलाम गर्दा २५ लाख अमेरिकी डलर उठेको छ ।

विश्वभरिका पुरातात्विक महत्वका वा अनौठा उत्पादन, सरसामान लिलाम गर्ने प्रख्यात बेलायती कम्पनी ‘सुथबाइज लन्डन’ले उक्त बन्दुक लिलामीमा चढाउँदा अन्तिम बोल–कबोलमा निजी क्षेत्रका एकजना एसियाली पारखीले १९ लाख ८५ हजार बेलायती पाउन्ड (२५ लाख अमेरिकी डलर) खन्याएको सुथबाइजद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

चीनमा सर्वप्रथम बनाइएको भनी दाबी गरिएको सो बन्दुक प्राचीन समयको आधुनिक हतियार मानिएको थियो ।

कलात्मक डिजाइनमा बुट्टा कुँदेर बनाइएको उक्त बन्दुकको कुन्दामा चीनका किंगवंशका क्यानलोंग बादशाहको शाही निशाना अंकित छ ।

चिनियाँ इतिहासमा क्यानलोंग बादशाह पुरातात्विक महत्वका, कलात्मक र अनौठा मालसामानका पारखी, शौखिन र महान् संकलक भन्ने गुणले परिचित छन् । सो बन्दुक शाही हतियार कारखानामा उनकै लागि बनाइएको थियो ।

बन्दुक लिलामीमा १० लाखदेखि १५ लाख पाउन्डसम्म उठ्ने अड्कल गरिएकोमा बोल–कबोलमा अड्कल गरेभन्दा बढ्तै रकम उठेको छ ।

केही वर्षयता विश्वका विशिष्टखालका धनाढ्यहरुले चिनियाँ प्राचीन तथा पुरातात्विक सामाग्रीहरुमा निकै रुची राखेको पाइएको छ ।

‘यस्ता सरसामान हङकङ, लन्डन, न्यूयोर्क जहाँसुकै लिलाम गरे पनि विशिष्ट ग्राहक आइपुग्छन् र भनेजत्ति खन्याउँछन्, पैसा उठ्न कुनै समस्या नै छैन’–भन्छन्, सुथबाइज लन्डनका चिनियाँ कलाकृति शाखाका वरिष्ठ निर्देशक रोबर्ट ब्य्राड्लो ।

चिनियाँ राजसंस्थाको इतिहासमा सबभन्दा लामो अवधि सन् १७३६ देखि १७९५ करिब ५९ वर्षसम्म अविच्छिन्न राज्य गर्ने क्यानलोंग बादशाह (जन्मः सन् १९११, मृत्युः १७९९)लाई त्यतिखेर ‘स्वर्गका अत्यन्त शक्तिशाली पुत्र’ कहलाइन्थे । रासस/सिन्ह्वा

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework