लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

यी हुन् ‘कारकेड’मा कस्सिने महिला, के हो ? कसरी हुन्छ कारकेड ?

सोमबार, २७ मंसिर, २०७३ मा प्रकाशित, 48564 पटक हेरिएको

काठमाडौं, मंसिर २७ । तस्वीरमा देखिएका यी फूर्तिला महिला (कमला श्रेष्ठ, पुतली महर्जन र मीना बस्नेत) अतिविशिष्ट व्यक्तिको सुरक्षार्थ खट्ने महिला सुरक्षाकर्मी हुन् ।

गृष्मा राजभण्डारी (इमेज)
काठमाडौं, मंसिर २७ । तस्वीरमा देखिएका यी फूर्तिला महिला (कमला श्रेष्ठ, पुतली महर्जन र मीना बस्नेत) अतिविशिष्ट व्यक्तिको सुरक्षार्थ खट्ने महिला सुरक्षाकर्मी हुन् ।

शक्ति र सुविधासम्पन्न मुलुक हुन् वा नेपालजस्ता विकासशील मुलुक । अतिविशिष्ट व्यक्तिको सवारी चलाउन महिला सुरक्षाकर्मीलाई यसैगरी अवसर दिइएको छ भने महिला सुरक्षाकर्मीले पनि जिम्मेवारीलाई उच्च अनुशासनपूर्वक उसैगरी सम्हालेका छन् ।

कुनैपनि राष्ट्रका विशिष्ट र अतिविशिष्ट व्यक्तिको राजकीय औपचारिक तथा अनौपचारिक सभा–समारोह र अन्य निजी कार्यक्रममा हुने सवारीमा चलाइने ‘कारकेड’मा नेपाल प्रहरीका यी महिला खटिने गरेका छन् ।

नेपालमा २०२४ सालमा राजा महेन्द्रको ‘एस्कर्ट’का लागि नेपाल प्रहरीलाई चारओटा मोटरसाइकल, एक जिप उपलब्ध गराएर कारकेडको चलन सुरु भएको पाइन्छ । जुन अहिले व्यक्तिगत, अनौपचारिक, औपचारिक, राजकीयमा प्रयोग गरिन्छ ।

कारकेडकै लागि नेपाल प्रहरीमा प्रवेश गरेका यी महिलाले पनि पुरुषसरह सक्षम भएको पुष्टि गरेका छन् ।

विशिष्ट व्यक्तिको सुरक्षा र सम्मानका लागि मोटरसाइकलबाट निवासस्थान, कार्यालयदेखि समारोह वा गन्तव्यसम्म अगाडि–पछाडिबाट दिने सुरक्षा अर्थात् कारकेडमा खटिने यी महिलामा आफ्नो पेसाप्रति उत्तिकै गर्व छ ।

कमला श्रेष्ठ भन्छिन्–‘विशिष्ट र अतिविशिष्ट व्यक्तिको सुरक्षार्थ खटिनु चुनौतीपूर्ण छ । तर, यसमा लागेपछि गर्व पनि हुन्छ ।’

जागिरे जीवनको सुरुआतदेखि नै आफू कारकेडप्रति आकर्षित भएको र अहिले सोही जिम्मेवारी पाउनुलाई उनी भाग्यमानी सम्झिन्छिन् ।

यी तीनैजना महिला ट्राफिक हुँदै कारकेडको जिम्मेवारी सम्हाल्न पुगेका हुन् । विशिष्ट र अतिविशिष्ट व्यक्तिको सवारीमा पुरुष प्रहरीले सुरक्षा गरेको जिम्मेवारीमा आफू पनि पुग्न पाए हुन्थ्यो भन्ने कौतुहलता र आकांक्षाकै कारण नेपाल प्रहरीमा सेवारत् यी महिला सुरक्षाकर्मीले यो जिम्मेवारी र अवसर पाएका हुन् ।

अतिविशिष्ठ र विशिष्ठ व्यक्तिको सुरक्षार्थ खटिएपनि भेट्ने अवसर भने उनीहरुले पाएका छैनन् । सर्वसाधारणले साहसिक महिलाभन्दा आनन्द महसुस हुने बताउने मीना बस्नेत सबैबाट सहयोग पाएकोमा खुसी देखिएकी छन् । अविवाहित बस्नेतलाई यो पेसाप्रति साथी–संगीहरुले पनि हौस्याउने गरेका छन् ।

कामको समय सीमा नभएपनि आफनो पेसाप्रति निकै गर्व गर्ने उनीहरु विभिन्न सवारीमा ड्युटीअनुसार खट्ने गर्दछन् । सुरुमा पछुवाकोरुपमा कारकेडमा हिँड्ने गरेका उनीहरु अहिले निर्धक्क अगुवाको पनि जिम्मेवारी सम्हालिरहेका छन् ।

ठूला सवारी–साधन चलाउनसमेत आफ्नो दक्षता रहेको बताउने पुतली महर्जनले महिलाले अवसर पाए जुनसुकै काम गर्न सक्षम हुने दाबी गर्छिन् । उनी ट्रकसमेत चलाउन आफू सक्षम रहेको बताउँछिन् ।

घरपरिवारबाट भने पटक्कै सहयोग नपाएको गुनासो गर्ने महर्जन पेसालाई कम आँक्न नहुने भएकाले आफू यसैमा खुसी हुने बताउँछिन् ।

कुनैपनि सवारीमा कारकेडमा जानुअघि सवारी–साधनको चेकजाँचको कुनै कमी आउन नदिने भएकाले निर्धक्कका साथ सवारीमा जाने गरेको तीनैजना बताउँछन् ।

सवारीमा जानुपूर्व स्कर्टमा खटिएका चालकलाई अतिविशिष्ट र विशिष्टको सवारीस्थलदेखि समारोहस्थलसम्मको सवारी हुने मार्गको पूर्वअवलोकन गराइन्छ भने सवारी जानुपूर्व कस्तो सवारी, कुन ठाउँदेखि कुन–कुन बाटो हुँदै कहाँसम्म जाने हो त्यसबारे पनि सूचित गरिन्छ ।

फिर्ती सवारीमार्ग, वैकल्पिक सवारीमार्ग, सुरक्षित सवारी स्थान तोकिएको हुन्छ र खटिएकाहरुको कसको स्थान कहाँ हुने हो, कहाँबाट स्कर्ट गरी कुन ठाउँसम्म लैजाने र समारोहस्थलसम्म पुगेपछि कुन ठाउँमा मोटरसाइकल रोक्ने तथा कहाँ मिले/नमिलेकोबारे त्रुटिहरु औंल्याइ अर्कोपटक त्यस्तो गल्ती नदोहोरियोस् भनि सचेत गराउने गरिन्छ ।

जेहोस् अतिविशिष्ट व्यक्तिको सवारी चलाउनेजस्तो चुनौतीपूर्ण काम सम्हालेर यी महिलाले आफूहरुलाई साहसिक भएको प्रमाणित गरेका छन् ।

 

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.