लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

यी हुन् जनावरको नाममा रहेका विश्व कीर्तिमान, सबैभन्दा खतरनाक कमिला कुन ? (फोटो फिचर)

शनिबार, ५ चैत, २०७३ मा प्रकाशित,

काठमाडौं, चैत ५ । संसारमा मानिसहरुले अनौठा काम गरेर विश्व कीर्तिमान बनाउँछन् । तर, त्यस्तो कीर्तिमान मानिसले मात्र नभइ जीव–जनावरहरुले पनि बनाउँछन भन्दा तपाइँलाई अचम्म लाग्नसक्छ ।

 

विश्वभर कीर्तिमानको आधिकारिक दर्ता गर्ने संस्था गिनिज बुक अफ वर्ल्ड रेकर्डले संसारभरबाट कीर्तिमान राख्न सफल जनावरहरुको रेकर्ड राखेको छ ।

यहाँ ती जीव–जनावरहरुबारे उल्लेख गरिएको छ, जसको कीर्तिमान आजसम्म तोडिएको छैन ।

१. संसारकै सबैभन्दा लामो पुच्छर भएको कुकुर
विश्वको सबैभन्दा लामो पुच्छर भएको कुकुरको ‘कीर्तिमान’ केयुन नाम गरेको कुकुरको नाममा रहेको छ ।

केयुनलाई ल्लेसे लोड्ट्स नाम गरेका बेल्जियमका नागरिकले पालेका छन् । केयुन आइरिसमा स्याल सिकार गर्ने जातको कुकुर हो । यसको पुच्छरको लम्बाई ७६.८ सेमि अर्थात् ३०.२ इन्च रहेको छ ।

बेल्जियमको वेस्ट्रेलो निवासी लोड्ट्सले पालेको केयुनले सन् २०१५ को अगस्ट १८ मा संसारको सबैभन्दा लामो पुच्छर भएको कुकुरको दर्जा पाएको हो । जुन अहिलेसम्म कुनै कुकुरले यस कीर्तिमानलाई तोड्न सकेको छैन ।

२. सबैभन्दा खतरनाक कमिला
संसारकै सबैभन्दा खतरनाक कमिलाको ‘कीर्तिमान’ बुलडग नाम गरेको कमिलाको पोल्टामा छ । यो अष्ट्रेलियाको कोस्टल क्षेत्रमा सन् १९७३ मा पाइएको थियो ।

यसको आक्रमणबाट चारजना अष्टे«लियन नागरिकको ज्यान गइसकेको छ । यसले आफ्नो सिङ र मुख दुबैले एकैपटक आक्रमण गर्दछ ।

हेर्दा अत्यन्तै सानो देखिने बुलडगको तौल ० .०१५ ग्राम छ र यसको लम्बाई २० मिमि रहेको छ । यो जातको कमिला जम्मा २१ दिनमात्रै बाँच्छ ।

३. सबैभन्दा ठूलो अन्डा
संसारको सबैभन्दा ठूलो अन्डाको तौल २ .५८९ केजी रहेको छ । उक्त अन्डा स्टुर्टहियो क्यामेल्योस नाम गरेको अष्ट्रिच चराले स्वीडेनमा रहेको दुई व्यक्ति केष्ट्रिन र गुन्नार सहल्निको फार्ममा पारेको हो ।

सन् २००८ को मे १७ मा स्टुर्टहियो क्यामेल्योसले पारेको संसारकै सबैभन्दा ठूलो अन्डाको रेकर्ड आजसम्म कुनै अष्ट्रिचले भंग गर्न सकेको छैन ।

४. संसारकै लामो कान भएको कुकुर
सिकारी प्रजातिको टाइगर नाम गरेको कुकरको दाहिने कान ३४ .९ सेमि अर्थात् १३ .७५ इन्च र देब्रे कान ३४ .२ सेमि अर्थात् १३ .५ इन्च रहेको छ ।

संसारकै सबैभन्दा लामो कान भएको कुकुरको रेकर्ड टाइगरकै नाममा छ ।टाइगरलाई अमेरिका निवासी ब्रायन र क्रिस्टिनाले पालेका हुन् ।

सन् २००३ मा विश्व कीर्तिमान रचेको टाइगरको मृत्यु सन् २००९ को अक्टोबरमा भएपनि यो कीर्तिमान अझैसम्म टाइगरकै नाममा रहेको छ ।

५. सबैभन्दा छिटो दगुर्ने कछुवा
संसारमा सबैभन्दा छिटो दगुर्ने कछुवाको नाम र्बटाइ हो । यसले ० .२८ मिटर एक सेकेन्डको गतिमा दगुर्छ ।

सन् २०१४ को जुलाई ९ मा यसलाई बेलायतको एडभेन्चर भ्यालीमा भेट्टाइएको थियो । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework