लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

एउटै राँगाको मूल्य ४० करोड !

बिहीबार, २८ बैशाख, २०७४ मा प्रकाशित, 37808 पटक हेरिएको

काठमाडौं, वैशाख २८ । भारतमा ‘शहन्शाह’ नाम गरेको चार वर्षको मुर्रा जातको एउटा राँगाको मूल्य ४० करोड रुपैयाँ (२५ करोड भारु) राखिएको छ ।

हरियाणा कृषि तथा कृषक कल्याण विभागले फरिदावाद जिल्लाको सुरजकुन्डमा आयोजना गरेको तीनदिने ‘एग्री लिडरसिप समिट २०१७’मा सबैभन्दा बढी आकर्षण बनेको उक्त *राँगाको मूल्य २५ करोड भारु रहेको गोरुमालिकले बताएका हुन् ।

दिदवारी गाउँमा दूधडेरी चलाउने नरेन्द्र सिंहले पालेको शहन्शाह नाम गरेको उक्त राँगाको लम्बाइ पाँच फिट १० इन्च रहेको छ ।

सिंहकाअनुसार उक्त राँगाले सन् २०१६ मासमेत उत्तर प्रदेशभरिको पशुमध्ये सबैभन्दा उत्कृष्ट स्थान हासिल गरेकोे थियो ।

उक्त राँगाको आमाले अझैसम्म दैनिक २७ लिटर दूध दिइरहेको सिंहले बताए । उनकाअनुसार शहन्शाहले दैनिक १० लिटर आमाको दूध र आधा लिटर घिउ खाने गर्दछ ।

सिंहले केहि वर्षपछि शहन्शाहको वीर्य बेचेरमात्र वार्षिक ५० लाख भारु कमाइ हुने बताएका छन् ।

उक्त गाउँमा अर्को किसानको त्यही जातको ‘रस्तम’ नाम गरेको शहन्शाहभन्दा केहि जेठो राँगा रहेको बताउँदै उनले भने–‘अहिले रस्तमको मालिकले रस्तमको वीर्य बेचेरमात्रै वार्षिक ५० लाख भारु कमाइरहेका छन् ।’ (एजेन्सी)

*राँगा हुनुपर्ने ठाउँमा यसअघि अन्यथा पर्नगएकोले सच्याइएको छ’–सम्पादक ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework