लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

माओवादी केन्द्रका नेता वर्षमान पुनको गाडीमा गोली प्रहार

आइतबार, २६ कार्तिक, २०७४ मा प्रकाशित,

रोल्पा, कात्तिक २६ । चुनाव प्रचार प्रसारका लागि हिँडेका पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनको गाडीमा आइतबार गोली प्रहार भएको छ ।

रोल्पाको दुईखोली गाउँपालिका–३ केवरी खोलामा ढुङ्गा प्रहारसँगै उनको गाडीमा गोली प्रहार भएको हो । दुईखोली गाउँपालिका– ३ वाग्मारामा हुने चुनावी सभालाई सम्वोधन गर्न जाने क्रममा भिरमाथिबाट ढुङ्गा प्रहार भएको हो ।

सोही क्रममा करिव नौ/दश राउण्ड फायरिङसमेत भएको बताइएको छ । अज्ञात समूहले गोली प्रहार गरेपछि प्रहरीले समेत प्रतिरक्षाका लागि केही राउण्ड फाइरिङ गरेको थियो । त्यस स्थान आसपासमा अहिले सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

घटनाबारे आधिकारीक रुपमा कसैले पनि जिम्मा नलिए पनि चुनावविरोधी गतिविधीमा संलग्न विप्लव नेतृत्वको नेकपाले गोली प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

शनिबार पनि वर्षमान पुन चढेको गाडीलाई लक्षित गरेर माइन बिस्फोट गराइएको थियो ।

यता, नेपाल कम्युनिष्ट पार्टीले भने सोमबार रोल्पा जिल्ला बन्दको घोषणा गरेको छ । गत बुधबार रोल्पा प्रहरीले जिल्ला इन्चार्ज दलबहादुर खत्री जागृति, जिल्ला सेक्रेटरी सन्तोष सुवेदी प्रयास तथा श्याम घर्ती र रामसिंह घर्तीलाई पक्राउ गरी हिरासतमा राखेकाले उनीहरुको रिहाईको मागसहित जिल्ला बन्द घोषणा गरेको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework