लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

रोनाल्डोका ७ वर्षीय छोराले पाए सर्वाधिक गोलकर्ताको ट्रफी, पिताकै पथमा लम्कदैं

आइतबार, २ बैशाख, २०७५ मा प्रकाशित,

पोर्चुगल, वैशाख २ । स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका सात वर्षीय छोरा जुनियर रोनाल्डो पनि पिता कै पथमा लम्किन थालेका छन् ।

जुनियर रोनाल्डोले आफ्नो स्कुलको टिमबाट फुटबल खेल्दै सर्वाधिक गोलकर्ताका रुपमा ट्रफी हासिल गरेका छन् ।

उनलाई शनिबार सर्वाधिक गोलकर्ताका रुपमा ट्रफी प्रदान गरिएको हो । आफ्नी हजुरआमाका साथ जुनियर रोनाल्डोले ट्रफी बोकेको तस्वीर प्रकाशमा आएको छ ।

सात वर्षीय जुनियर रोनाल्डोले विद्यालयस्तरीय फुटबल सिजनमा सर्वाधिक गोल गर्दै ट्रफी हासिल गरेको बताइएको छ ।

छोराले हासिल गरेको उपलब्धिलाई रोनाल्डोले पनि इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै बधाइ दिएका छन् ।

रोनाल्डोले पनि क्लव र देशका लागि ६०० भन्दा बढी गोल गरिसकेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework