लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राप्रपाद्वारा देशभरकै निर्वाचन कार्यालय घेराउ, आयोगको निर्णय सच्याउन माग

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 8775 पटक हेरिएको

काठमाडौं, चैत ७ । निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश हटाएको विरोधमा सत्तारुढ राप्रपाले आज देशभर प्रदर्शन गरेको छ ।

राजधानी काठमाडौंसहित देशैभरका निर्वाचन कार्यालयमा धर्ना दिँदै राप्रपाले आयोगको उक्त निर्णय सच्चाउन माग गरेको छ ।

यसैक्रममा कास्कीमा पनि निर्वाचन कार्यालयमा एक घण्टा धर्ना दिएको छ । पोखराको नयाँबजारबाट निस्केको र्‍यालीले पोखरा बजार परिक्रमा गरी निर्वाच कार्यालयमा धर्ना दिएको हो । राप्रपाको विधान संविधानसँग बाझिएको भन्दै आयोगले राजसंस्था र हिन्दू राष्ट्र सम्बन्धी वाक्यांश हटाइदिएको थियो ।

कञ्चनपुरमा पनि राप्रपाले निर्वाचन कार्यालय घेराउ गरेको छ । निर्वाचन आयोगले राप्रपाको आधारभूत मान्यतालाईनै खारेज गरेको भन्दै राप्रपा कार्यकर्ताले आपत्ति जनाएका थिए ।

जिल्ला पार्टी कार्यालयबाट निस्केको ¥याली निर्वाचन आयोग पुगेर आयोगको निर्णयविरुद्ध नाराबाजी गरेको थियो ।

मकवानपुरमा पनि राप्रपा कार्यकर्ताहरुले जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework