लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
Gold & Diamond

श्रीगोपाल प्रजापतिलाई भक्तपुरमा भब्य अभिनन्दन गरिने

बिहीबार, १९ फागुन, २०७३ मा प्रकाशित, 3013 पटक हेरिएको

भक्तपुर, फागुन १९ । अमूर्त सम्पदाप्रति अतूलनीय योगदान दिएका मुर्धन्य व्यक्तित्व श्रीगोपाल प्रजापतिलाई भक्तपुरको मध्यपुर थिमिमा नागरिक अभिनन्दन गर्ने भएको छ ।

जिल्लाका सय भन्दा बढी सामाजिक संघसंस्थाहरुले सामुहिक रुपमा प्रजापतिलाई आउँदो शनिबार २१ गते अभिनन्दन गर्ने विषयमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

उनले सात दशक देखि अनवरत रुपमा वाद्य वादन, विभिन्न सांस्कृतिक नाच र कला क्षेत्रमा विशेष योगदान दिँदै आएका छन् ।

प्रजापतिलाई प्रबल गोर्खा दक्षिणबाहु (चौथौं) देखि दर्जन भन्दा बढी राष्ट्रिय सम्मान दिइसकेको छ ।

महामहिम उप-राष्ट्रपति नन्दबहादुर पुनबाट गरिने अभिनन्दन कार्यक्रममा श्रीगोपाल प्रजापतिको चित्र अंकित मुद्रा, स्मारिका देखि ‘अनवरत सांस्कृतिक पाइला’ नामक पुस्तक विमोजन गरिने जानकारी दिएको छ ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.