लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

भानुको जन्मस्थलमा भानुभक्तिय रचना वाचन

बिहीबार, २९ आषाढ, २०७४ मा प्रकाशित, 1286 पटक हेरिएको

तनहुँ, असार २९ । आदिकवि भानुभक्त आचार्यको २ सय ४ औं जन्मजयन्ती तनहुँमा भव्यताका साथ मनाइएको छ ।

भानुभक्तको जन्मस्थल चुँदी रम्घामा विविध कार्यक्रम गरी भानुभक्तको जन्मजयन्ती मनाइएको हो ।

कार्यक्रममा तनहुँका विभिन्न संघ संस्थाले भानुभक्तलाई स्मरण गरेका छन ।

आदिकवी भानुभक्त आर्चायको प्रेरणाको स्रोत रहेको घासीको स्मरणमा बनाइएको भानु घासी पार्कमा आज विविध कार्यक्रमको आयोजनासमेत गरियो ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुले भानुभक्तिय रचना वाचन गरेका थिए ।

कार्यक्रममा व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले नेपाली भाषालाई अगाडि बढाउन आदिकवी आचार्यले पुर्‍याएको योगदानको स्मरण गर्दै मानिस धनी, सम्पन्न र विद्वान भएर मात्रै समाजको दुष्टिकोण बदल्न नसक्ने बताए ।

भानु शिखर कोटेरी गुरुयोजना समयमा सम्पन्न गरी चुँदी रम्घालाई साहित्यक पर्यटकीय केन्द्र बनाउन स्थानीयले माग गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework