लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

तेस्रो छायाँछवि काव्य श्रृंखलामा वसन्त र शान्तिको कविता र गजल

सोमबार, १७ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस १७ । छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको छायाँछवि काव्य श्रृंखलाको तेस्रो संस्करणमा कवि वसन्त प्रकाश उपाध्याय र गजलकार शान्ति शर्मा गुन्जिने भएका छन् ।

छायाछवि काव्य श्रृंखलाकी संयोजक रश्मि रोदनका अनुसार आगामी पौष २७ गते सिटिम्याक्स बागबजारमा छायाँछवि काव्य श्रृंखला आयोजना गरिने छ ।

उक्त अवसरमा कवि वसन्त प्रकाश र गजलकार शान्ति शर्माका करिब दुई दर्जन कविता र गजल वाचन हुने भएको छ ।

करिब साढे दुई दशक भन्दा अघिदेखि साहित्यको क्षेत्रमा आफूलाई अब्बल बनाएका कवि वसन्त प्रकाशले कार्यक्रममा कविता वाचन गर्ने छन् ।

त्यस्तै गजलमा आफूलाई अब्बल रुपमा उभ्याउन सफल शान्ति शर्माले उक्त कार्यक्रममा एक दर्जन भन्दा बढी गजल वाचन गर्ने छिन् ।

कविता र गजल वाचनको शैलीलाई पछ्याउने क्रममा चलचित्र, गीतसंगीतमा क्रियाशील रहँदै आएको संस्था छायाँछविले अब साहित्यको क्षेत्रमा चालेको यो अभियानबाट साहित्यको क्षेत्रमा क्रियाशिल रहि यसै क्षेत्रको विकाशमा केहि न केही भए पनि योगदान पुग्ने आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework