लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

अधिकारी र पोखरेल सम्मानित

बुधबार, १३ बैशाख, २०७४ मा प्रकाशित,

काठमाडौं, वैशख १३ । वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा.बिहारीलाल श्रेष्ठको स्मृतिमा मंगलबार काठमाडौंमा समाज सेवामा सक्रिय दुई व्यक्तित्वलाई डा. बिहारीलाल श्रेष्ठ स्मृति कोषले सम्मान गरेको छ ।

स्मृति कोष तथा मातृभूमि सेवक संघ नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी भिमबहादुर अधिकारीलाई नगद २५ हजार एक रुपैयाँसहित राष्ट्रसेवा पुरस्कार प्रदान गरियो । त्यस्तै योगाचार्य यदुनाथ पोखरेललाई १० हजार एक रुपैयाँ नगद राशीसहित आदर्श पुरस्कार प्रदान गरियो । पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रदान गरेका थिए ।

प्रमुख अतिथि कुलपति उप्रेतिले आफ्नो सम्वोधनमा डा. बिहारीलाल श्रेष्ठको सामाजिक र आध्यात्मिक सेवाका विषयमा चर्चा गरे । साहित्यकार श्रीओम रोदनले डा. विहारीलालसँगको आफ्नो सम्वन्ध विस्तारबारे उल्लेख गरे ।

मातृभूमि सेवक संघ नेपालका अध्यक्ष भरतमणी रिसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. विहारीलालका ठूल्दाजु बिन्दुलाल श्रेष्ठ, कोषकी संरक्षक निर्मला श्रेष्ठलगायतले बोलेका थिए ।

कार्यक्रममा हिन्दु विद्या पिठ थली तथा ललितपुरका विद्यार्थी तथा मातृसेवा आश्रमका दिदीबहिनीहरुले जागरण एवम् भजनहरु गाएर सुनाएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 

धेरै पढिएका...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework