लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

सप्तरीमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

मंगलबार, १ फागुन, २०७४ मा प्रकाशित,

शिवहरि भट्टराई (इमेज): राजविराज, फागुन १ । कोसीटप्पु वन्यजन्तु आरक्षभित्र जाँदै गरेका दुई महिलाको मंगलबार हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

सप्तरीको कन्चनरुप नगरपालिका–५ पथरीका ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षीय दुर्गीदेवी मुखियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।

दाउरा खोज्दै आरक्षको सीमामा पुग्नासाथ हात्तीले लखेटेको वुधनीदेवी सरदारले बताइन् । सरदारले भने भागेर ज्यान बचाउन सफल भएकी छन् ।

घटनास्थलको मुचुल्का तयार गरेर शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित सरगरमाथा अञ्चल अस्पतालमा पठाइने इलाका प्रहरी कार्यालय कन्चनरुपले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework