लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रधानमन्त्री देउवाद्वारा गौचनप्रति अन्तिम श्रद्धाञ्जलि, सहिद घोषणा गर्ने आश्वासन

बिहीबार, २६ असोज, २०७४ मा प्रकाशित,

काठमाडौं, असोज २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरीरमा बिहीबार अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रधानमन्त्री देउवाले महासंघको कार्यालय अनामनगर पुगी अध्यक्ष गौचनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले स्व. गौचनका परिवारसँग भेट गरी समवेदनासमेत प्रकट गरेका थिए ।

स्व. गौचनप्रति श्रद्धाञ्जलि अर्पण गर्न गृहमन्त्री जनार्दन शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, शुभेच्छुक तथा आफन्तहरु महासंघको कार्यालय पुगेका थिए ।

स्व. गौचनको शव १० देखि १ बजेसम्म महासंघको कार्यालय अनामनगरमा राखिएको थियो ।

अध्यक्ष गौचनको सोमबार दिउँसो नयाँबानेश्वरस्थित घरबाट निस्कनेक्रममा अज्ञात समूहको गोली प्रहारबाट निधन भएको थियो ।

गौचनको हत्यारालाई चाँडै पत्ता लगाइ कारबाही गर्नुपर्ने, गौचनलाई सहिद घोषणा गर्नुपर्ने र निर्माण व्यवसायीलाई सुरक्षा दिनुपर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले यसअघि बुझ्न मानेका थिएनन् ।

बुधबार गृहमन्त्री जनार्दन शर्माले गौचनलाई सहिद घोषणा गर्ने र व्यवसायीको सुरक्षाको व्यवस्था मिलाउने आश्वासन दिएपछि बिहीबार (आज) गौचनको शवलाई अन्त्येष्टि गर्न लागिएको हो । अहिले अध्यक्ष गौचनको शवयात्रा निकालिएको छ ।

महासंघका एसोसिएट सदस्य शिवहरि घिमिरेकाअनुसार अनामनगरबाट पुतलीसडक, दरबारमार्ग, लैनचौर, सोह्रखुट्टे हुँदै बालाजुसम्म शवयात्रा गरिनेछ ।

गौचनको शवलाई बालाजुस्थित थकाली सेवा समाजको कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र उनको आजै थकाली परम्पराअनुुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework