लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

तीन दिनदेखि एक पुरुषसँग लजमा बस्दै आएकी महिलाको शव फेला, सँगै बस्ने पुरुष पक्राउ

आइतबार, १७ मंसिर, २०७४ मा प्रकाशित,

प्रकाश मैनाली/ मलंगवा, मंसिर १७ । सर्लाही सदरमुकाम मलंगवामा रहेको सिम्रिक लजमा एक महिला मृत भेटिएकी छिन् ।

                                                लजमा फेला परेको शव

बागमती नगरपालिका–४ घर भई हाल काठमाडौं, टोखा बस्ने ३२ वर्षीया कल्पना श्रेष्ठ सुवेदी आइतबार बिहान लजको कोठा नं २०५ मा मृत अवस्थामा भेटिएकी हुन् । उनी तीन दिनदेखि सोही लजमा २४ वर्षका एक पुरुषलाई श्रीमान भनेर बस्दै आएकी थिईन् ।

घटनापछि प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको छ । महिलाको मृत्युको कारणबारे प्रहरीले केही खुलाएको छैन ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाको मुद्दा फाँटका इन्सपेक्टर कुन्दन देवले बताए ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework