लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

दुई महिनापछि खुले मुस्ताङका विद्यालय

बुधबार, २ फागुन, २०७४ मा प्रकाशित,

सुन्दरकुमार थकाली (इमेज) मुस्ताङ, फागुन २ । अत्याधिक चिसो बढेपछि बन्द भएका हिमाली जिल्ला मुस्ताङमा सन्चालित शैक्षिक संस्था बुधबारदेखि खुलेका छन् ।

सुन्दरकुमार थकाली (इमेज)
मुस्ताङ, फागुन २ । अत्याधिक चिसो बढेपछि बन्द भएका हिमाली जिल्ला मुस्ताङमा सन्चालित शैक्षिक संस्था बुधबारदेखि खुलेका छन् ।

हिउँदे पूरै दुई महिना लामो जाडो बिदापछि ती शैक्षिक संस्थाको दैनिक पठनपाठन बुधबारदेखि सुरु भएको जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालयमा दर्ता भएका कुल ५४ सरकारी विद्यालयमध्ये ३६ ओटाको नयाँ शैक्षिकसत्रको पढाइ बुधबारदेखि सन्चालन भएको हो ।

१८ ओटा सरकारी विद्यालयको नयाँ शैक्षिकसत्रको पठनपाठन घुम्ती विद्यालयकोरुपमा पोखरामा सन्चालन भइरहेको छ । ती विद्यालयले हिउँदयामअगावै चालू शैक्षिकसत्र सकेर नयाँ शैक्षिकसत्रको पढाइ पोखरामा सुरुआत गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework