लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरकोे बनाउने छलफल

सोमबार, १३ कार्तिक, २०७४ मा प्रकाशित,

मेरिल्याण्ड, कात्तिक १३ ,। नेपाली मूलका अमेरिकी, पत्रकार तथा साहित्यकार, सामाजिक अभियन्ताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाली भाषामा प्रकाशित महत्वपूर्ण कृति अनुवादमा जोड दिएका छन् ।

उनीहरुले यसका लागि विदेशमा रहेका नेपालीसँग सहकार्य गरी अन्तर्राष्ट्रिय मापदण्डका आधारमा अनुवादको खाँचो भएको बताएका छन् ।

आइतबार अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर नेपालले अर्को पुस्ताका लागि भाषा, संस्कृति र रीतिरिवाजका विषयमा समेत जानकारी दिने खालको प्रकाशन आवश्यक रहेको बताए।

उनले भने, “भावी पिँढीका लागि नेपालकाबारेमा जानकारी दिने विविध विषयमा विश्वव्यापी मान्यतामा रहेको अंग्रेजी भाषामा लेखिएको कृति अब आवश्यक भइसकेको छ ।

पत्रकार नेपालले डायस्पोरामा रहेका नेपालीले आफ्नो ज्ञान, सीपको रुपान्तरण गर्न विशेष ध्यान दिनुपर्ने विचार राख्दै भावी सन्ततिका लागिसमेत नेपालसँगको साइनोकाबारेमा सोच्न आग्रह गरे ।

अमेरिकाको राजनीतिमा होमिएका एचवी भण्डारीले नेपालका बारेमा अमेरिकी विश्वविद्यालयमा खोजीनीति गर्दा धेरै विषयमा अन्योल भएको भन्दै अब महत्वपूर्ण दस्तावेज अनुवाद गर्न ढिलो गर्न नहुने बताए ।

कार्यक्रममा अनेसासका बोर्ड अफ ट्रस्टीका अध्यक्ष डा श्याम कार्कीले भाषा र साहित्यको जगेर्ना गर्न अनेसासले गरेका विभिन्न तरिकाको प्रयासका बारेमा जानकारी दिंदै मेरिल्याण्डमा भावी पिंढीका लागि नेपाली भाषा कक्षाको सञ्चालन गरिएको बताए ।

एनआरएन मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गा श्रेष्ठले नेपाली डायस्पोराले मातृभूमिको सामाजिक, आर्थिक रुपान्तरणका लागि सहयोगी भूमिका खेलेको भन्दै भाषा र संस्कृति जगेर्नामा पनि हातेमालो गर्न तयार रहेको बताए ।

नेजाका पूर्वअध्यक्ष गौतम दाहालले भाषा र साहित्य पत्रकारिताको अभिन्न पाटो भएकाले प्रवासमा रहेका पत्रकारले नेपाली भाषाको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा भीम कट्टेल, डा उत्तम गौली, डा कृष्ण विष्ट, पत्रकार तरुण पौडेल, मधुकर अधिकारी लगायतले नेपाली भाषाको प्रवद्र्धनबारे आफ्नो धारणा राखेका थिए ।
रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework