लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

एमालेको विजय र्‍यालीमा ढुङ्गा प्रहार, ६ जना घाइते

बिहीबार, ४ जेष्ठ, २०७४ मा प्रकाशित, 15354 पटक हेरिएको

सिन्धुली, जेठ ४ । सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार राति ९ः३० बजे नेकपा एमालेले निकालेको विजय र्‍यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते भएका छन् ।

                                                       प्रतीकात्मक फोटो

घाइतेमध्ये एकको अवस्था भने गम्भीर रहेको छ ।

घाइते हुनेमा तीनपाटन गाउँपालिका–८ निवासी शिव श्रेठ, जीवन श्रेष्ठ, हरि घिमिरे, हिरा न्यौपाने, कर्ण तामाङ, विष्णु अधिकारी छन् । घाइतेमध्ये शिव श्रेष्ठ गम्भीर घाइते भएको स्थानीय जमुना अधिकारीले जानकारी दिइन् ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तीनपाटनको मतगणनास्थल लाम्पान्टारबाट निकालिएको विजय र्‍यालीमा ढुङ्गा प्रहार भएको थियो । वडा नं ८ मा नेकपा एमालेका रेखराज अधिकारी निर्वाचित भएपछि विजय ¥याली निकालिएको थियो । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework