लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

ललितपुरको सुधारगृहमै हत्या ?

आइतबार, ३ बैशाख, २०७४ मा प्रकाशित, 53409 पटक हेरिएको

काठमाडौं, वैशाख ३ । ललितपुर तैखेलस्थित जीवनशैली सुधार केन्द्रमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ ।

१७ दिनदेखि सुधार केन्द्रमा राखिएका ३३ वर्षीय पदमबहादुर पौडेलको शनिबार मृत्यु भएको खबर सुधारगृहले गरेको आफन्तले बताएका छन् ।

अघिल्लो दिनसम्म सामान्य अवस्थामा रहेका व्यक्तिको भोलिपल्ट मृत्यु भएपछि आफन्तले हत्या भएको आरोप लगाएका छन् ।

शवको पोस्टमोर्टमकाक्रममा टाउकोमा गम्भीर चोट रहेको देखिएको भन्दै आफन्तले पौडेलको हत्या नै भएको दाबी गरेका हुन् ।

मृतकको टाउकोमा गम्भीर चोट लाग्नुका साथै शरीरका विभिन्न भागमा नीलडाम र चोट लागेको पाइएको पनि आफन्तले दाबी गरेका छन् ।

मृतकका दाइ हेमबहादुर पौडेलले भाइको हत्या नै भएको दाबी गर्दै घटनाको छानबिन गरी उचित क्षतिपूर्तिको माग गरेका छन् ।

घटनाकोबारेमा सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दरखास्त परेको र पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा शव पठाइएको वृत्तका प्रहरी निरीक्षक श्यामयल सुब्बाले जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework