१६ चैत्र २०८१, शनिबार | Sat Mar 29 2025


सबै सवारी पास खारेजः गृह मन्त्रालय


1.248k
Shares

काठमाडौं, असार १ । गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ ।

लकडाउन खुकुलो बनाएर जोर बिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै गृह मन्त्रालयले सबै पास खारेज गरेको हो ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सवारी पासका कारण जोर बिजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले असार २ गतेदेखि लागू हुने गरी खारेज गरिएको जानकारी दिए ।