लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

१७३ दिन लामो अन्तरीक्ष यात्रा पूरा गरी तीन अन्तरीक्षयात्री सकुशल पृथ्वीमा अवतरण

सोमबार, २८ चैत, २०७३ मा प्रकाशित, 19578 पटक हेरिएको

काजखस्तान, चैत २८ । दुई रसियाली तथा एक अमेरिकी अन्तरीक्षयात्रीले आफ्नो १७३ दिन लामो अन्तरीक्ष यात्रा पूरा गरी सोमबार मध्य काजखस्तानमा सकुशल अवतरण गरेका छन् ।

अमेरिकी अन्तरीक्ष संगठन (नासा)का सेन किमबोरोका साथ रसियाली स्पेस एजेन्सीका सर्गेइ रिझीकोभ र एन्ड्रेइ बोरिसेन्को सन् २०१६ को अक्टोबरमा अन्तरीक्ष यात्राका लागि छुटेका थिए । उनीहरूको अवतरणको नासा टेलिभिजनले पुष्टि गरेको छ ।

उनीहरूले यात्रा गरेको अन्तरीक्षयान ग्रीनविच समयअनुसार ११ बजेर २० मिनेटको समयमा जेजकाजगान सहरमा अवतरण भएको हो ।

रिझिकोभको यो पहिलो अन्तरीक्ष यात्रा थियो भने पूर्वगल्फवार हेलिकोप्टर चालक किमबोरोको सन् २००८ मा १६ दिन लामो अन्तरीक्ष यात्राको अनुभव थियो ।

त्यसैगरी, बोरिसेन्कोले सन् २०११ मा १६४ दिनको अन्तरीक्ष भ्रमणको अनुभव बनाइसकेका थिए । रासस÷एएफपी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework