लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राज पौडेलको निर्णायक गोलले चर्च ब्वाइज फाइनलमा

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित, 1637 पटक हेरिएको

ताप्लेजुङ, साउन २८ । ‘चर्च ब्वाइज युनाईटेड क्लब’ काठमाडौं ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार (आज) भएको सेमिफाईनलमा आयोजक ‘नव प्रयास युवा क्लव’ ताप्लेजुङलाई १–० गोल अन्तरले पराजित गर्दै ‘चर्च ब्वाइज युनाइटेड क्लब’ फाइनलमा प्रवेश गरेको हो ।

‘चर्च ब्वाइज क्लब’लाई फाईनलमा पुर्‍याउन राज पौडेलले खेलको ९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा आयोजक टिम ताप्लेजुङले आधा दर्जन बढी अवसर खेर फालेको थियो ।

आजको खेलको ‘म्यान अफ दि म्याच’ ब्याइजका प्रवास गुरुङ भएका छन् । ब्वाइजले आगामी सोमबार सशस्त्र प्रहरीको दमक टीम र ‘सगरमाथा स्र्पोटिङ क्लव’ विराटचोक मोरङबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

आइतबार (भोली) सगरमाथा युवा क्लव विराटचौक मोरङ र सशस्त्र प्रहरीको दमक टीमबीच खेल हुने छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework