लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

खुकुरी टी–ट्वेन्टी क्रिकेट माघ १ देखि, १६ टोली सहभागी, विजेतालाई २ लाख

बिहीबार, २८ पुष, २०७३ मा प्रकाशित, 2441 पटक हेरिएको

काठमाडौं, पुस २८ । राजधानीमा आगामी माघ १ गतेदेखि १६ गतेसम्म खुकुरी च्यालेन्जर टी–ट्वेन्टी कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

भक्तपुरकोे सैनिक आवासीय महाविद्यालयको मैदानमा हुने प्रतियोगितामा दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबसहित मोफसल र राजधानीका कुल १६ क्रिकेट टोलीले सहभागिता जनाउने छन् ।

‘लिग कम नकआउट’का आधारमा हुने प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिने छ । हरेक समूहका शीर्ष दुई स्थानमा रहने टोली क्वार्टरफाइनल राउन्डका लागि छनोट हुनेछन् ।

प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेताले १ लाख रुपैयाँ हात पार्नेछ ।

यस्तै, प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीले २५ हजार पाउनेछन् भने उत्कृष्ट बलर तथा ब्याट्सम्यानले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

 

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.