लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट भारतको नियन्त्रणमा, पुजाराको दोहोरो शतक

आइतबार, ६ चैत, २०७३ मा प्रकाशित, 4494 पटक हेरिएको

काठमाडौं, चैत ६ । अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेट भारतको नियन्त्रणमा गएको छ ।

राँचीमा जारी खेलमा अप्रत्याशित ब्याटिङ प्रदर्शन गर्नेक्रममा अष्ट्रेलियाले बनाएको ४५१ रन पछ्याएको भारतले ९ विकेटको क्षतिमा ६०३ रन बनाएर इनिङ समाप्ती गर्‍यो ।

अष्ट्रेलियाली कप्तान स्टेभेन स्मिथको अविजित १७८ रन छायाँमा पार्ने गरी भारतका चेतेश्वर पुजाराले २०२ रन बनाए ।

त्यस्तै, पुजारासँग पाँचौं विकेटका लागि १९९ रनको साझेदारी गर्नेक्रममा ऋद्धिमन शाहाले ११७ रन जोडे ।

पहिलो इनिङमा १५२ रनले पछि परेको अष्ट्रेलियाले दोस्रो इनिङमा खराब सुरुआत गर्नेक्रममा आइतबार चौथो दिनको समाप्तीसम्म २ विकेटको क्षतिमा २३ रन जोडेको छ । अष्ट्रेलिया अझै १२९ रनले पछाडि छ ।

चार खेलको शृंखलामा दुबै टिमले एक–एक खेल जितेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework