लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

च्याम्पियन्स ट्रफी फाइनलः चिरपरिचित प्रतिद्वन्द्वी

शनिबार, ३ आषाढ, २०७४ मा प्रकाशित, 6275 पटक हेरिएको

काठमाडौं, असार ३ । इंग्ल्यान्डमा जारी आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा आइतबार दिउँसो चिरपरिचित प्रतिस्पर्धी भारत र पाकिस्तान भिड्दैछन् ।

सेमिफाइनलमा आयोजक इंग्ल्यान्डलाई पराजित गर्दै पाकिस्तान तथा बंगलादेशलाई हराउँदै भारत फाइनलमा पुगेको हो ।

एउटै समूहमा रहेका दुबै टिम फाइनलमा पनि भिड्न लागेका हुन् । समूह चरणमा भारत १२४ रनले विजयी भएको थियो ।

खेलअघिको प्रेस सम्मेलनमा भारतीय कप्तान विराट कोहलीले टिममा कुनै परिवर्तन नहुने बताएका छन् । उनले फाइनलमा कुनै रणनीति नबनाइ जितकै लागि खेलाडीहरुले मिहेनत गर्नेसमेत बताएका छन् ।

यस्तै, पाकिस्तानी कप्तान सर्फराज अहमदले टिममा युवा खेलाडीहरु रहेकाले जोशका साथ खेलिरहेको बताए ।

उनले यो प्रतियोगितामा टिमको रणनीति सफल बताउँदै उपाधि पाकिस्तानले जित्ने बताएका छन् ।

भारत–पाक क्रिकेटलाई राजनीतिक रुपलेसमेत हेर्ने गरिन्छ ।

फाइनल खेल नेपाली समयानुसार आइतबार दिउँसो सवा ३ बजेदेखि ओभलमा सुरु हुनेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework