लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

यु–१९ विश्वकप क्रिकेट छनोटका लागि १८ सदस्यीय नेपाली टोली छानिए

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 2541 पटक हेरिएको

काठमाडौं, असार ५ । आइसीसी यु–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत् सिंगापुरमा हुने खेलका लागि सोमबार १८ सदस्यीय नेपाली टोली छनोट गरिएको छ ।

आइसीसी एसियाका प्रमुख विकास अधिकृत वैंकटपथी राजु, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दास सम्मिलित टोलीले खेलाडीहरुको छनोट गरेको हो ।

छनोट हुनेमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सन्दीप सुनार, ललित राजवंशी, पवन सर्राफ, अनिलकुमार साह, किशोर महतो तथा सुशान्त सिंह थापा छन् ।

त्यसैगरी, विक्रमकुमार भुसाल, प्रकाश केसी, सुन्दीप जोरा, राजन ढकाल, प्रनित थापामगर, शाहव आलम, रसिद खान र आदिल खान छनोट भएका छन् ।

जेठ २९ देखि असार ३ गतेसम्म कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको सुपर लिगका आधारमा खेलाडीहरु चयन गरिएको हो ।

केही दिनको बन्द प्रशिक्षणपछि अन्तिम १४ खेलाडी तथा चार अतिरिक्त खेलाडीको टुंगो लगाउने पनि जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework