लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

शरद भेषावकरले हङकङविरुद्धको दुवै खेल गुमाउने

बिहीबार, २६ असोज, २०७४ मा प्रकाशित,

काठमाडौं, असोज २६ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् नेपालले खेल्ने छैटौं चरणको हङकङविरुद्धको दुवै खेल नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषावकरले गुमाउने भएका छन् ।

हङकङको मिसन ग्राउन्ड रोडस्थित मोङ कोक मैदानमा शुक्रबार र आइतबार हुने खेलमा ब्याट्सम्यान शरदले अस्वस्थताका कारण दुवै खेल खेल्न नपाउने नेपाली क्रिकेट टोलीका प्राविधिक विश्लेषक रमण शिवाकोटीले जानकारी दिए ।

उनकाअनुसार शरदको स्थानमा नेपाली सेनाका खेलाडी नरेश बुढाऐरलाई बोलाइएको छ ।

नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार हङकङको सामना गर्नेछ । नेपालको वरिष्ठ टोलीले करिब ११ वर्षपछि हङकङमा क्रिकेट खेल्न लागेको हो ।

यसअघि, नेपालले सन् २००४ र २००५ को एसिसी फास्टट्रयाक कन्ट्रिज प्रतियोगितामा हङकङमा गएर खेलेको थियो ।

अंकतालिकामा नेपाल छैटौं र हङकङ पाँचौं स्थानमा छन् । जारी प्रतियोगितामा नेपालले हङकङलाई दुवै खेलमा पराजित गरेमा नेपालले शीर्ष चारभित्र पर्ने सम्भावनालाई बलियो बनाउनेछ । प्रतियोगितामा नेपालको ८ तथा हङकङको ११ अंक छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework