लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

नेपाल सेमिफाइनलमा, भारत बाहिरियो (१५ तस्वीर)

मंगलबार, २८ कार्तिक, २०७४ मा प्रकाशित,

अपडेटः काठमाडौं, कात्तिक २८ । नेपाल पहिलोपटक यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा जारी प्रतियोगितामा भारत र मलेसियालाई हराउँदै नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

समूहबाट सबै खेल जितेर समूह विजेता बन्दै बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ ।

समूहको अन्तिम खेलमा मंगलबार मलेसियामाथि शानदार ८ विकेटको जित हासिल गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

मंगलबारै भएको समूहको अर्को खेलमा बंगलादेशले भारतमाथि पनि ८ विकेटकै जित हासिल गरेसँगै बंगलादेश समूह विजेता तथा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

नेपालले समूहको पहिलो खेलमा बंगलादेशसँग झिनो २ विकेटको हार व्यहोर्दा साविक विजेता भारतमाथि पहिलोपटक जित हासिल गरेको थियो ।

मंगलबार समूहको अन्तिम खेलमा मलेसियाविरुद्ध वर्षाले गर्दा २४ ओभरमा घटाइएको खेलमा नेपालले ४६ रनको सामान्य चु्नौती ५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको हो ।

अनिल साहले १५ बलमा अविजित रहँदै २६ रन जोडे भने कप्तान दीपेन्द्रसिंह ऐरीले ३ बलमा दुई छक्काको मद्दतले १२ रन बनाए ।

यसअघि, वर्षाले झन्डै ५ घन्टा ढिलो सुरु भएको खेलमा आयोजक मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै १५ ओभर ३ बलमात्रै क्रिजमा टिकेर ४५ रन बनाउन सक्यो ।

पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरेको मलेसियाले थप १२ रन जोड्दा सबै विकेट गुमाएको हो ।

शानदार बलिङ गर्नेक्रममा सन्दीप लामिछानेले ८ रन खर्चेर ५ विकेट लिए । यसैगरी, कप्तान दीपेन्द्रले १ रन खर्चेर २ तथा शहाब आलमले ३ रन खर्चेर २ विकेट लिए । अनिल साहले १ रन खर्चेर १ विकेट लिए ।

यता, भारतले वर्षाले ३२ ओभरमा झारिएको खेलमा ८ विकेटको क्षतिमा १८७ रन बनाएको थियो ।

जवाफमा बंगलादेशले पिनक घोषको अविजित ८१ रनको मद्दतले २८ ओभरमै २ विकेटको क्षतिमा विजय हासिल गर्‍यो ।

यो हारले २ अंकमात्र बटुलेको साविक विजेता भारत पहिलोपटक समूह चरणबाट बाहिरिएको हो । मलेसिया अंकविहीन हुँदै बाहिरिएको छ ।

अब नेपालले सेमिफाइनलमा शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । अर्को समूहको समूह विजेता बन्दै अफगानिस्तान सेमिफाइनलमा पुगको हो ।

पहिलो सेमिफाइनलमा बिहीबार बंगलादेश र अर्को समूहको उपविजेता पाकिस्तान भिड्नेछन् । श्रीलंका र युएई समूह चरणबाटै बाहिरिएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework