लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

केन्यामाथि नेपालको सनसनीपूर्ण जित, ५ विकेट लिएका सन्दीप म्यान अफ दी म्याच

सोमबार, २९ माघ, २०७४ मा प्रकाशित,

काठमाडौं, माघ २९ । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेटको आफ्नो चौथो खेलमा नेपालले सनसनीपूर्ण विजय हासिल गरेको छ ।

नेपालले केन्यालाई ३ विकेटले हराएको हो ।

सोमबार भएको खेल विजयका लागि पाएको १७८ रनको चुनौती नेपालले एक बल खेल्न बाँकी छँदै ७ विकेट गुमाएर पूरा गरेको हो ।

१४ रन जोड्दा ३ विकेट गुमाएपनि छैटौं विकेटका लागि आरिफ शेख र रोहितकुमार पौडेलले ८७ रनको साझेदारी गरेपछि नेपाल विजयी भएको हो ।

आरिफले ४२ तथा रोहितले ४७ रन जोडे । कप्तान पारस खड्काले ४४ बलमा ४२ रन बनाए ।

यसअघि, केन्याले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन बनाएको थियो ।

सन्दीप लामिछानेले सशक्त बलिङ गर्दै १० ओभरमा ५ मेडन राख्दै २० रन खर्चेर ५ विकेट लिए । उनी खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।

यस्तै, शरद भेषावकर, बसन्त रेग्मी र सोमपाल कामीले समान १/१ विकेट लिए ।

जारी प्रतियोगितामा १४ विकेट लिइसकेका सन्दीपले यसअघि नामिबियाका ४, ओमानका २ र युएईका ३ विकेट लिएका थिए ।

प्रतियोगिताका चारमध्ये तीन खेलमा जित र एकमा हार व्यहोरेको नेपाल तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यसअघि, नेपालले नामिबिया र युएईलाई हराउँदा ओमानसँग हार व्यहोरेको थियो । अन्तिम खेलमा नेपालले क्यानडासँग खेल्नेछ ।

६ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुईमा रहने टोली अर्को महिना जिम्बाब्वेमा हुने विश्वकप छनोटमा खेल्न पाउनेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework