लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

कान्तिपुर मिडिया कप फुटबलको सेमिफाइनलमा

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित, 996 पटक हेरिएको

काठमाडौं, पुस २७ । कान्तिपुर मिडिया ग्रुप ‘मिडिया कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

राजधानीमा जारी प्रतियोगिताको बुधबार दशरथ रंगशालामा भएको समूहको दोस्रो खेलमा एपी वान टेलिभिजनलाई २–० ले हराउँदै कान्तिपुरले एक खेल खेल्न बाँकी छँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

बुधबारै भएको अर्को खेलमा नेपाल टेलिभिजनले एभिन्यूज टेलिभिजनलाई २–१ ले पराजित गर्‍यो ।

यो जितसँगै नेपाल टेलिभिजनले सेमिफाइनल पुग्ने सम्भावना बलियो पारेको छ भने एभिन्यूज समूह चरणबाटै बाहिरिने निश्चित भएको छ ।

समूह चरणको अन्तिम खेलमा नेपाल टेलिभिजन र एपी वानको खेलबाटै यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिमको छिनोफानो हुनेछ ।

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.