लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

एएफसी यु–१६ च्याम्पियनसिप छनोट फुटबलमा नेपाल कठिन समूहमा

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 4327 पटक हेरिएको

काठमाडौं, वैशाख ८ । एएफसी यु–१६ च्याम्पियनसिप छनोट फुटबलमा नेपाल भारत, प्यालेस्टाइन र साविक विजेता इराकसहित समूह ‘डी’मा परेको छ ।

मलेसियास्थित एसियाली फुटबल महासंघ (एएफसी)को कार्यलयमा शुक्रबार भएको ‘ड्र’अनुसार नेपाल कठिन समूहमा परेको हो ।

एसियाका ४५ राष्ट्रका किशोर टोलीले सहभागिता जनाउने छनोट चरणमा सहभागी टोलीलाइ १० समूहमा विभाजन गरिएको छ ।

हरेक समूहका विजेता टोली र उत्कृष्ट ५ उपविजेताले प्रतियोगिताको अन्तिम चरणमा स्थान बनाउने छन् ।

नेपाल सम्मिलित समूह ‘डी’को छनोट खेलहरु आगामी सेप्टेम्बर १६ देखि २४ सम्म नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.