लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

एएफसी यु–२३ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको प्रशिक्षण सुरु

शुक्रबार, २ आषाढ, २०७४ मा प्रकाशित, 2547 पटक हेरिएको

काठमाडौं, असार २ । संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोट खेल्न लागेको नेपाली टोलीको प्रशिक्षण शुक्रबारदेखि सुरु भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)मा सुरु भएको बन्द प्रशिक्षणको प्रारम्भिक चरणमा ३४ सदस्यीय खेलाडीलाई सहभागी गराइएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले राससलाई जानकारी दिए ।

उनकाअनुसार प्रशिक्षणमा राष्ट्रिय टोलीमा रहेका खेलाडी, ‘ए’ डिभिजन क्लब तथा मोफसलका प्रतिभावान् खेलाडी समावेश गरिएको छ ।

यही असार ३१ गतेदेखि सुरु हुने खेलमा नेपाल समूह ‘डी’मा परेको छ । नेपालको समूहमा आयोजक युएई, लेबनान र उज्वेकिस्तान छन् ।

नेपालले आफ्नो पहिलो खेल असार ३१ गते आयोजक युएईसँग खेल्नेछ । त्यसैगरी, साउन २ गते उज्वेकिस्तानसँग दोस्रो तथा समूह चरणको अन्तिम खेल साउन ४ गते लेबनानसँग उसले प्रतिस्पर्धा गर्नेछ ।

छनोट चरणका सम्पूर्ण खेल युएईस्थित अल आइन सहरको ताह्नोन बिन मोहम्मद रंगशालामा हुनेछ ।

यसअघि, सन् २०१५ मा इरानमा भएको समूहको छनोट खेलमा चार खेल खेलेको नेपाल सबै खेलमा पराजित भएको थियो । त्यतिबेला नेपालले एक गोल पनि गर्न सकेको थिएन ।

समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपमा अन्तिम चरणका लागि छनोट हुनेछ ।

त्यस्तै, दोस्रो स्थानमा रहने शीर्ष पाँच टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । उक्त च्याम्पियनसिपमा १६ टोली उपाधिका लागि भिड्नेछन् ।

४० राष्ट्रको सहभागिता रहेको उक्त छनोट खेलमा सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework