लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

रुसमा हुने सडक बालबालिकाको विश्वकप फुटबलमा नेपाल पनि सहभागी

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 2104 पटक हेरिएको

काठमाडौं, साउन २ । रुसको मस्कोमा अर्को वर्ष आयोजना हुने सडक बालबालिकाहरुको विश्वकप फुटबलमा नेपालले पनि सहभागिता जनाउने भएको छ ।

विश्वकप फुटबलको हरेक संस्करणअगाडि सोही देशमा सडक बालबालिकाहरुको विश्वकप फुटबल तथा महोत्सव आयोजना हुँदै आएको छ ।

नेपालको सेल्टर आश्रय नामक संस्थाले नेपालमा रहेका सडक बालबालिकाहरुबीच फुटबल प्रतियोगिता आयोजना गरी टोली छनोट गर्नेछ ।

‘सेभेन ए साइड’ ढाँचामा खेलाइने ‘स्ट्रिट चाइल्ड वर्ल्डकप’का लागि कुल ९ खेलाडी छनोट हुनेछन् ।

मस्कोमा सडक बालबालिकाहरुका लागि विश्वकप फुटबलसँगै कला महोत्सव तथा सम्मेलन पनि आयोजना हुनेछ ।

नेपालको सहभागितामा सहयोग गर्न जापानको फन रुट फुटबल एकेडेमीले सोमबार राजधानीमा एक कार्यक्रमकाबीच खेल सामग्री प्रदान गरेको छ ।

पूर्वराष्ट्रिय फुटबल खेलाडी बसन्त गौचन प्रशिक्षक रहेको उक्त एकेडेमीले सडक बालबालिकाहरुका लागि ३० जोर फुटबल सुज तथा १० ओटा फुटबल हस्तान्तरण गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework