लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबल आजदेखि

शुक्रबार, २७ साउन, २०७४ मा प्रकाशित,

काठमाडौं, साउन २७ । नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबल शुक्रबार (आज)देखि सुरु हुँदैछ ।

शुक्रबार राति आर्सनल र लेस्टर सिटीबीचको खेलबाट नयाँ सिजनको इंग्लिस फुटबलको औपचारिक प्रारम्भ हुन लागेको हो ।

आर्सनलको मैदान इमाइरेट्स रंगशालामा नेपाली समयअनुसार राति साढे १२ बजे यो खेल सुरु हुनेछ ।

यसपटक पनि सदाबहार दाबेदारहरु चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल र लिभरपुलसँगै प्रिमियर डिभिजनका नवप्रवेशी टोलीहरु न्युकासल युनाइटेड, ब्राइटन र हडर्सफिल्ड टाउनको प्रदर्शनमाथि धेरैको नजर हुनेछ ।

प्रिमियर लिग फुटबलमा शनिबार ७ खेल हुनेछन् । साविक विजेता चेल्सीले बर्न्लेको सामना गर्दा वाट्फोर्ड र लिभरपुल भिड्नेछन् ।

यसैगरी, म्यानचेस्टर सिटी र ब्राइटन, एभर्टन र स्टोक सिटी, साउथह्याम्पटन र स्वान्सी सिटी, वेस्ट ब्रोम र बर्नमाउथ तथा क्रिस्टल प्यालेस र हडर्सफिल्ड टाउनबीचको खेल पनि शनिबार नै हुनेछ ।

यसैगरी, आइतबार हुने खेलमा न्यूकासल युनाइटेड र टोटनह्याम हट्सपर तथा म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम युनाइटेड भिड्नेछन् ।

यसपटक शीर्ष क्लबहरुले आबद्ध गरेका नयाँ खेलाडीको प्रदर्शन पनि हेर्नलायक हुनेछ ।

प्रिमियरसिपमा आएका नयाँ खेलाडीमध्ये चेल्सीका स्पेनिस स्ट्राइकर अल्भारो मोराटा, आर्सनलका फ्रेन्च स्ट्राइकर लाकाजेटी, म्यानचेस्टर युनाइटेडका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु, वेस्ट ह्याम युनाइटेडका हेभियर हर्नान्डेज र म्यानचेस्टर सिटीका कायल वाल्करलगायतका डिफेन्डरहरुलाई निकै महत्वका साथ हेरिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework