लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

तीर्थ बस्नेतको ह्याट्रिकले सगरमाथा सेमिफाइनलमा

शुक्रबार, २७ साउन, २०७४ मा प्रकाशित,

ताप्लेजुङ, साउन २७ । सगरमाथा युवा क्लब मोरङ ताप्लेजुङमा जारी दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ३–१ ले पराजित गर्दै सगरमाथा अन्तिम चारमा पुगेको हो ।

सगरमाथाको जितमा तीर्थ बस्नेतले ह्याट्रिक गरे । पाँचथरका चरण बस्नेतले एक सान्त्वना गोल फर्काएका थिए । तीर्थ खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

अब सेमिफाइनलमा सगरमाथाले सशस्त्र प्रहरी दमकसँग खेल्नेछ । त्यस्तै, आयोजक नवप्रयास क्लब ताप्लेजुङ र चर्च ब्वाइज क्लब काठमाडौं भिड्नेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework