लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

थ्रीस्टार सिमरा गोल्डकपको फाइनलमा

बुधबार, २ फागुन, २०७४ मा प्रकाशित,

प्रकाश लम्साल (इमेज) बारा, फागुन २ । थ्रीस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रकाश लम्साल (इमेज)
बारा, फागुन २ । थ्रीस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मोरङ फुटबल क्लबलाई ४–२ ले पराजित गर्दै थ्रीस्टार उपाधिनजिक पुगेको हो ।

थ्रीस्टारको जितमा सुनील बलले दुई तथा विष्णु गुरुङ र अनन्त तामाङले एक/एक गोल गरे ।

सुनीलले खेलको ३५औं र ४९औं मिनेटमा एक/एक गोल गरेका हुन् भने गुरुङले २४औं मिनेटमा टिमका लागि पहिलो गोल गरेका थिए । यस्तै, तामाङले खेलको ७७औं मिनेटमा गोल गरे ।

मोरङका कर्ण लिम्बूले खेलको ८१औं र ८४औं मिनेटमा गरी दुई गोल गरेपनि टिमको हार टार्न सकेनन् ।

खेलको ‘म्यान अफ दी म्याच’ थ्रीस्टारका सुनील घोषित भए ।

प्रतियोगिताअन्तर्गत् बिहीबार त्रिभुवन आर्मी र वीरगन्ज युनाइटेड क्लबबीच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework