लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

रोनाल्डोलाई फिफा बेस्ट प्लेयरको अवार्ड, प्रशिक्षक र्‍यानेरी उत्कृष्ट घोषित

मंगलबार, २६ पुष, २०७३ मा प्रकाशित, 3310 पटक हेरिएको

काठमाडौं, पुस २६ । पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले फिफा उत्कृष्ट खेलाडीको पुरस्कार जितेका छन् ।

विश्व फुटबल महासंघ फिफाले यसै वर्षदेखि दिन थालेको बेस्ट प्लेयरको अवार्ड जित्न स्पेनीस फुटबल क्लव रियाल मड्रिडका रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी र एथ्लेटिको मड्रिडका एन्टोनियो ग्रेजम्यानलाई पछि पारेका हुन् ।

रोनाल्डोले गत वर्ष रियाल मड्रिडलाई युरोपियन च्याम्पियन्स लिग जिताएका थिए भने पोर्चुगललाई युरो कप फुटबल जिताएका थिए ।

यही सफलताको लागि उनलाई गत डिसेम्बरमा बलुन डे ओर अवार्डबाट पनि सम्मान गरिएको थियो ।

फिफा अवार्ड समारोहमा उत्कृष्ट प्रशिक्षकको अवार्ड भने ईटालीयन प्रशिक्षक क्लाउडियो र्‍यानेरीले जितेका छन् । र्‍यानेरीले अघिल्लो सिजन अप्रत्याशित रुपमा लेष्टर सिटीलाई इंग्लीश प्रिमियर लिग फुटबल जिताएका थिए ।

यसैगरी अमेरिकी फुटबल खेलाडी कार्ली लोएड उत्कृष्ट महिला फुटबलर घोषित हुँदा मलेसीयाको पेनाङ्ग फुटबल क्लवका खेलाडी मोहोमद फैज सुब्रीले उत्कृष्ट गोलको अवार्ड जिते ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.