लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

साउथह्याम्पटनको मैदानमा लिभरपुल पराजित

बिहीबार, २८ पुष, २०७३ मा प्रकाशित, 1482 पटक हेरिएको

काठमाडौं, पुस २८ । इङ्लिस लिग कप फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुल पराजित भएको छ ।

साउथह्याम्पटनको मैदानमा भएको खेलमा घरेलु टोलीले लिभरपुललाई १÷० ले हराएको हो । खेलमा साउथह्याम्पटनलाई विजयी गराउन नाथन रेडमण्डले २० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

पहिलो लेगको यो खेलमा विजयी भएपछि साउथह्याम्पटनले सेमिफाइनल प्रवेशको संभावना बलियो पारेको छ भने दोस्रो लेगको खेलपुर्व लिभरपुल दबाबमा आएको छ ।

सेमिफाइनल दोस्रो लेगको खेल आगामि माघ १२ लिभरपुलको मैदान एन्फिल्डमा हुनेछ ।

लिग कप फुटबलको अर्को सेमिफाइनल खेलमा म्यान्चेस्टर युनाईटेडले हल सिटीमाथि पहिलो लेगमा २÷० को अग्रता लिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework