लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

आरभ हाडा फाइनलमा

बिहीबार, ४ जेष्ठ, २०७४ मा प्रकाशित, 1118 पटक हेरिएको

काठमाडौं, जेठ ४ । १२ वर्षमुनिका आइटीएफ एसियाली टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटअन्तर्गत् पुरुष एकलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोमा जारी प्रतियोगिताअन्तर्गत् बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतलाई २–० को सोझो सेटमा हराउँदै नेपालका आरभ हाडा फाइनलमा पुगेका हुन् ।

पहिलो सेट ६–२ ले आफ्नो पक्षमा पारेका आरभले दोस्रो सेट पनि ६–३ ले सहजै जित्न सफल भए ।

प्रतियोगिताअन्तर्गत् पुरुष युगलतर्फ तर्फ पनि नेपाल फाइनलमा पुगेको छ ।

नेपालका आर्यन गिरी र आरभ हाडाको जोडीले भारतीय प्रतिद्वन्द्वीलाई ७–५ र ६–४ को सोझो सेटमा पराजित गर्दै फइनलमा स्थान बनाएका हुन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework