लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

मुम्बई इन्डियन्स आइपीएल क्रिकेटको फाइनलमा, कोलकाता ६ विकेटले पराजित

शनिबार, ६ जेष्ठ, २०७४ मा प्रकाशित, 42475 पटक हेरिएको

काठमाडौं, जेठ ६ । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो प्लेअपमा गएराति कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई दशौं आइपीएलको उपाधि नजिक पुगेको हो ।

बैंलोरको चिन्नस्वामी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रनको सामान्य स्कोर बनायो ।

जसका लागि सूर्यकुमार यादवले ३१ र इशान्क जागीले २८ रन बनाएका थिए । अन्य खेलाडीले भने खुलेर खेल्न सकेनन् ।

कोलकातालाई सस्तैमा समेट्ने क्रममा मुम्बईका करण शर्माले सर्वाधिक ४ विकेट लिए । यस्तै बुमराहले ३ विकेट लिँदा मिचेल जोहन्सनले २ विकेट लिएका थिए ।

१ सय ८ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बई १४ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै विजयी बनेको थियो ।

मुम्बईका लागि क्रुनाल पाण्डेले नटआउट ४५ रनको योगदान दिए । यस्तै रोहित शर्मा २६ तथा पार्थिव पटेलले १४ रन बनाए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework