लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

इङ्ल्यान्डलाई हराउँदै पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा

बिहीबार, १ आषाढ, २०७४ मा प्रकाशित, 7581 पटक हेरिएको

काठमाडौं, असार १ । आयोजक इङ्ल्यान्डलाई पाखा लगाउँदै पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

वेल्सको राजधानी कार्डीफमा बुधबार राती भएको पहिलो सेमिफाइनलमा पाकिस्तान ८ विकेटले विजयी भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले खेलमा एक बल बाँकी छँदा अलआउट हुनुपुर्व २ सय ११ रन बनायो ।

उसका लागि जो रुटले ४६ रन तथा जोनी बेयरस्टोले ४३ रनको योगदान दिए ।

कसिलो बलिङ गरेको पाकिस्तानका हसन अलीले ३ तथा जुनेद खान र रुमन रईसले २/२ विकेट लिए ।

जवाफमा २ सय १२ रनको चुनौती पाकिस्तानले ३८ औं ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

पाकिस्तानका लागि सुरुवाती ब्याट्सम्यानहरु अझर अलीले ७६ रन तथा फाखर जमानले ५७ रनको योगदान दिए ।

यसैगरी बाबर आजम ३८ रनमा तथा मोहोमद हफिज ३१ रनमा अविजित रहे ।

जितसँगै पाकिस्तानले हजारौं बेलायती समर्थकलाई उनीहरुकै मैदानमा स्तब्ध पार्दै फाईनलमा ठाउँ सुरक्षित ग¥यो ।

उपाधिका लागि अब पाकिस्तानले भारत वा बंगलादेशमध्ये आज हुने दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework